
काठमाडौँ, १३ वैशाख । महोत्तरीको बर्दिवास नगरपालिकाको मेयरको पदमा सत्तारुढ गठबन्धनका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रकै बागी उम्मेदवारी परेको छ ।
दुई दलबीच चुनावी तालमेल भएको भनिए पनि दुवै दलबाट बागी उम्मेदवारी परेको हो ।
माओवादी केन्द्रबाट राजु खड्काले मेयरमा उम्मेदवारी दर्ता गराएका छन् भने माओवादी केन्द्रकै नेता रुद्र सुस्लिङ मगरले बागी उम्मेदवारी दिएका छन् ।
त्यस्तै, कांग्रेसमा पनि चिरञ्जीवी हमालले उम्मेदवारी दर्ता गराएका छन् भने प्रल्हादकुमार क्षेत्रीले बागी उम्मेदवारी दर्ता दिएका छन् ।
पालिकाको वडा नम्बर १ मा समेत माओवादी केन्द्रबाट बागी उम्मेदवारी परेको छ । हरिप्रसाद पौडेललाई उम्मेदवारी बनाएपछि निरज अधिकारीले बागी उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्रेसबाट वडा नम्बर २ बाहेकका सबै वडामा बागी उम्मेदवारी परेको बताइएको छ ।















प्रतिक्रिया