
तनहुँ, १३ वैशाख । तनहुँ कांग्रेसमा टिकट वितरणमा मनोमानी भएको भन्दै नेता रामचन्द्र पौडेल निकटका केही नेता कार्यकर्ताहरुले सामूहिक राजीनामा दिएका छन् ।
मंगलबार पत्रकार सम्मेलन तनहुँ कांग्रेसका पूर्वजिल्ला सचिव विश्व वास्तोला, कांग्रेस महासमिति सदस्य महेश्वर भट्टराई, क्रियाशील सदस्यहरु चुडामणि दाहाल, दीपेन्द्र पौडेल, दीर्घ थापा, ऋषिराम महत र बाबुराम बगाले लगायतले राजिनामा दिएका हुन् ।
उनीहरुले स्थानीय तहको निर्वाचनमा नेतृत्वले पैसामा बिकेर उम्मेदवारी दिएको बताएका छन् ।
राजीनामापछि महश्वेर भट्टराईले शुक्लागन्डकीको मेयरमा, दाहालले व्यास नगरपालिका–१ को वडाध्यक्षमा, थापाले व्यास नगरपालिका–२ को वडाध्यक्षमा, पौडेलले शुक्लागन्डकी नगरपालिका– ३ को वडाध्यक्ष र महतले शुक्लागन्डकी नगरपालिका– ८ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।















प्रतिक्रिया