९ कार्तिक २०८३, सोमबार

मेयर उठ्न उपसचिवबाट राजीनामा दिएका भुसाललाई कांग्रेसले किन दिएन टिकट ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ वैशाख । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उपसचिवबाट राजीनामा दिएका विष्णुप्रसाद भुसालले मेयरका टिकट पाएनन् ।

उनले नवलपुरको देवचुली नगरपालिकामा मेयर लड्न उपसचिवबाट राजीनामा दिएका थिए ।

कांग्रेस नेता डा. शशांक कोइरालाले मेयरको टिकटका लागि भुसाललाई संकेत दिएपछि उनले उपसचिवबाट राजीनामा दिएका थिए ।

तर कांग्रेसले भने भुसाललाई टिकट नदिएर विष्णु बस्ताकोटीलाई उम्मेदवार बनायो ।

उनले अब आफू राजनीतिमै हुने आशय व्यक्त गरेका छन् ।

यद्यपि उनले उपसचिवमा दिएको राजीनामा भने स्वीकृत भएको छैन ।

विशेषगरी कांग्रेसमा संस्थापन पक्षका नेताहरुले गरेको विरोधका कारण भुसाललाई टिकट नदिइएको बताइएको छ ।