९ कार्तिक २०८३, सोमबार

लेन्सबाट फोटोपत्रकारिता’ विषयक फोटो प्रदर्शनी आयोजना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

/fli6«o kmf]6f]kqsf/ ;d”xåf/f (%cf}+ /fli6«o kmf]6f]kqsf/l/tf lbj;sf] pknIodf cfof]lht k|eftkm]/L sfo{qmdf ;xefuL kmf]6f]kqsf/ nufot . tl:a/ M k|bLk/fh jGt,/f;;

काठमाडौँ, १३ वैशाख । फोटो पत्रकार क्लब (पिजे क्लब) नेपालले ९५औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसको उपलक्ष्यमा आज यहाँ ‘लेन्सबाट फोटोपत्रकारिता’ विषयक फोटो प्रदर्शनी गरेको छ ।

काठमाडौँको वसन्तपुरमा आयोजित प्रदर्शनीमा फोटो पत्रकारहरुले कार्यसम्पादन गर्दा भोग्नु परेको चुनौती र जोखिम झल्काउने ३० वटा फोटा राखिएका छन् । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत र नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले संयुक्तरुपमा प्रदर्शनी शुभारम्भ गर्नुभएको थियो ।

अध्यक्ष बस्नेतले फोटो सत्य, तथ्य र निष्पक्ष हुुनुपर्नेमा जोड दिँदै सबै पत्रकारले पत्रकारिताको मूल्य मान्यता र आचारसंहिताअनुसार काम गर्नुपर्ने बताउनुभयो । महासङ्घका अध्यक्ष पोख्रेलले फोटोले पाठकलाई थप आकर्षित र समाचारलाई थप विश्वसनीय बनाउने धारणा व्यक्त गर्दै पत्रकारिता पेसालाई सुरक्षित बनाउन सरकारले बनाउने कानुन प्रेसमैत्री हुनुपर्छ भन्नुभयो ।

पिजे क्लवका अध्यक्ष श्रुती श्रेष्ठले क्लबले फोटो पत्रकारका पेसागत हक, हित र सुरक्षामा काम गर्दै आएको जानकारी दिँदै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत क्षेत्रमा काम गर्दा फोटो पत्रकारले भोग्नु परेको जोखिमहरुलाई समावेश गरेर प्रदर्शनी आयोजना गरिएको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ र सेन्टर फर मिडिया रिसर्च नेपालसँगको सहकार्यमा आयोजना गरिएको प्रदर्शनी आज अपराह्न ५ बजेसम्म चल्ने क्लबका प्रवक्ता विकास द्वारेले जानकारी दिनुभयो ।–रासस