९ कार्तिक २०८३, सोमबार

यसरी मनाइयो दक्षिण एशियाकै पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस (फोटोफिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ वैशाख । दक्षिण एशियाकै पहिलो कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पहिलो अध्यक्ष मनमोहन अधिकारीको २३ औँ स्मृति दिवस मनाइएको छ ।

मंगलबार मनमोहन स्मृति प्रतिष्ठानले आयोजना गरेको स्मृति दिवस विशेष कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतले अधिकारीको शालिकमा माल्यार्पण गरेका थिए ।

नेपालका सर्वाधिक लोकप्रिय प्रधानमन्त्री अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौँको गोठाटारमा हृदयघात भएपछि उपचारका क्रममा निधन भएको थियो ।

२०५२ सालमा एमालेको ९ महिने सरकारको नेतृत्व गरेका अधिकारीकै पालामा वृद्धभत्तालगायतका सामाजिक सुरक्षाका कार्यक्रम र ‘आफ्नो गाउँ, आफैं बनाउँ’ जस्ता अभियान शुरु भएका थिए ।