
सुर्खेत, १३ वैशाख । सिम्ता गाउँपालिकाको अध्यक्ष पदका लागी नेकपा एमाले बाट उम्मेदवार ऐन बहादुर चन्दले आफुले निर्वाचन जितेपछि प्रत्येक आर्थिक वर्षमा एकजना उत्कृष्ट विद्यार्थीलाई एमबीबीएस ( MBBS) डाक्टर पढ्नका लागी छात्रवृत्ति दिने वाचा गरेका छन् ।
नेकपा एमालेको तर्फबाट सिम्ता गाउँपालिका वडा नम्बर ५ निवासी ऐन बहादुर चन्द उम्मेदवार छन् । उपाध्यक्षमा गोमा रेग्मीलाई एमालेले उम्मेदवार बनाएको छ ।
एमाले चुनाव प्रचारप्रसारमा तीब्र ढंगले लागिरहेको बेला काङ्ग्रेस लगाएत गठबन्धनमा आवद्ध दल भागबन्डा मिलाउन जुटिरहेको छन् ।















प्रतिक्रिया