
चितवन,१३ वैशाख । इच्छाकामना गाउँपालिका वडा नं १ बाट दलित महिला तर्फकी उम्मेदवार दुर्गा सार्की पूजा निर्विरोध निर्वाचित हुनुभएको छ ।
निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार एमालेको तर्फबाट दुर्गा उम्मेदवार हुनुहुन्थ्यो ।
एमालेले प्रमुखमा दानबहादुर गुरुङ र उपप्रमुखमा माया सिलवाललाई उम्मेदवार बनाएको छ । आफनो उम्मेदवार निर्विरोध हुनुले निर्वाचनमा थप हौसला मिलेको एमाले इच्छाकामना अध्यक्ष कृष्ण सिलवालले बताउनुभयो ।















प्रतिक्रिया