९ कार्तिक २०८३, सोमबार

इन्द्रसरोवर गाउँपालिकामा एमालेका दुईजना वडा सदस्यमा निर्विरोध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागमती, १३ वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि इन्द्रसरोवर गाउँपालिकामा नेकपा एमालेका दुईजना वडा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । मकवानपुर जिल्लास्थित उक्त गाउँपालिकामा दलित महिलातर्फ दुईजना वडा सदस्यमा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।

एमालेबाट दलित महिला सदस्य पदमा मनोयन दर्ता गराउनुभएकी उक्त गाउँपालिका–१ की लक्ष्मी दमाइँ, र सोही गाउपालिका वडा नं ४ की सावित्रा सुनार निर्विरोध निर्वाचित हुनुभएको भएको बताइएको छ ।ती वडामा अन्य कसैको पनि उम्मेदवारी नपरेकाले उहाँहरु निर्विरोध निर्वाचित हुनुभएको हो ।–रासस