
काठमाडौं, १३ वैशाख। नेपाली कांग्रेसका नेता गुरु घिमिरेले सक्रिय राजनीतिबाट विदा लिने निर्णय गरेका छन्। पार्टीभित्रको मनपरीतन्त्रका कारण राजनीतिक सक्रियता नदेखाउने निचोडमा घिमिरे पुगेका हुन्।
स्थानीय तहको चुनावमा पार्टीले पहुँच, पैसा र शक्तिको भरमा टिकट बाँडेको उनको गुनासो रहेको छ। ‘पार्टीभित्र निक्कै नै ज्यादती भयो त्यसकारण म यस्तो निर्णयमा पुगेको हुँ’, घिमिरेले भनेका छन्।
‘सक्रिय राजनीतिबाट बिदा लिउँकी भन्ने लागेको छ । स्थानीय चुनावको लगत्तै निर्णय लिन्छु । स्थानीय तहमा देशभरी उम्मेदवार बन्नुभएका साथीहरूलाई विजयको शुभकामना छ’, उनले ट्वीटरमा लेखेका छन्।















प्रतिक्रिया