६ कार्तिक २०८३, शुक्रबार

रेडक्रस सोसाइटीद्वारा भूकम्प स्मृति सभा आयोजना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ वैशाख । २०७२ वैशाखको विनाशकारी भूकम्पमा परी दिवंगत भएकाहरूको सम्झनामा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाले हिजो सोमबार एक स्मृतिसभा आयोजना गरेको छ ।

केन्द्रीय रक्तसञ्चार सेवामा कार्यरत वरिष्ठ प्राविधिक सहायक लालमाया गुरुङ, रक्तसंकलन स्यंमसेवकहरु सानुमैया कपाली र सिम्रन डंगोललगायत स्वयंसेवी रक्तदाताहरुको मिति २०७२ वैशाख १२ गते शनिबारका दिन रक्त संकलन गर्दै गर्दाको अवस्थामा गएको विनासकारी भूकम्प कारण काष्ठमण्डपमा ज्यान गएको थियो ।

केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलको संयोजकत्वमा सोल्टीमोडमा आयोजित सातौं स्मरण कार्यक्रममा स्वयंसेवक तथा नेरेसोका वरिष्ठ कर्मचारीहरुको उपस्थिति थियो ।

भूकम्प गएको समय पारेर आज बिहान ११ बजेर ५७ मिनेटमा मौनधारणबाट शुरू कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले विपत्तीमा परेर ज्यान गुमाउने दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै स्वयंसेवक र कर्मचारीहरुको शुरक्षामा थप ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा रक्तसञ्चार सेवाका कर्मचारीहरु गमला क्षेत्री, राम श्रेष्ठले आफूहरु सो दिन फिल्डमा खटिँदा भोगेको अनुभव सहभागीहरूलाई सुनाएका थिए । नेरेसो कर्मचारी संघका अध्यक्ष विष्णु तिम्सिनाले अग्रपंतिमा खटिनेहरूको मनोबल बढाउन राज्य र संस्थाले थप काम गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

नेरेसोका कार्यकारी निर्देशक उमेश ढकालले व्यक्तिगत, सामुदायिक र संस्थागत पूर्वतयारीको थप खाँचोबारे चर्चा गरे ।