६ कार्तिक २०८३, शुक्रबार

कोरोना संक्रमणका कारण एकैदिन १६२० जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ वैशाख । गत २४ घण्टाको अवधिमा कोरोना भाइरस संक्रमणबाट संसारभर १ हजार ६२० जनाको मृत्यु भएको छ ।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर ३ लाख ५१ हजार ५५० जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । तथ्यांक अनुसार हालसम्म ५० करोड ९८ लाख ३९ हजार ७७३ जनामा कोरोना संक्रमण भएको छ ।

त्यस्तै, ४६ करोड २९ लाख १८ हजार ५२० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । त्यस्तै ६२ लाख ४४ हजार ६९० जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेका छन् ।

हालसम्म विश्वभर ४० लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने ४२ हजार बढी गम्भीर अवस्थामा रहेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा थप ८ लाख १६९ हजार ९९८ संक्रमित निको भएका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ९५१ जनाको ज्यान गएको छ । २७१ सक्रिय संक्रमित रहेका छन् भने ९ लाख ७८ हजार ७६२ जनामा संक्रमण भइसकेको छ । त्यस्तै, ९ लाख ६६ हजार ५४० जना संक्रमित निको भइसकेका छन् ।