१ कार्तिक २०८३, आइतबार

स्थानीय तह निर्वाचनः ७१ हजार २३७ जनाको उम्मेदवारी दर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ वैशाख । स्थानीय तह निर्वाचनमा हालसम्म ७१ हजार २३७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन आयोगका अनुसार साँझ साढे ७ बजेसम्म ७१ हजार २३७ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

जसमा मधेश प्रदेशमा १६ हजार ७४१, लुम्बिनी प्रदेशमा १३ हजार ९५ र प्रदेश नम्बर १ मा १२ हजार ९९५ जनाले मनोनयन दर्ता गराएका हुन् ।

त्यस्तै बागमतीमा ११ हजार ४०२, गण्डकीमा ५ हजार ६१२, सुदूरपश्चिम प्रदेशमा ५ हजार ८४७ र कर्णाली प्रदेशमा ५ हजार ५४५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तो छ सूचीः