
काठमाडौँ, १२ वैशाख । नेकपा एमालेबाट पोखरा महानगरपालिकाको मेयरको उम्मेदवारका लागि कृष्ण थापाले प्रदेशसभाबाट राजीनामा दिएर उम्मेदवारी दर्ता गराउन लागेको बताएका छन् ।
यसअघि एमालेले दीपक पोडेललाई मेयरमा उठाउने भएसँगै चौतर्फी विरोध र आलोचना भएपछि सोमबार उनीबाट टिकट खोसेर थापालाई मेयरमा उठाउने निर्णय गरेको हो ।
थापाले आफूले टिकट पाएको र प्रदेशसभाबाट राजीनामा दिएर मेयरको उम्मेदवारी दर्ताको तयारी गरेको बताएका छन् ।















प्रतिक्रिया