९ कार्तिक २०८३, सोमबार

एमालेबाट पोखराको मेयरमा यसकारण खोसियो पौडेलको टिकट, थापा बने उम्मेदवार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १२ वैशाख । नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरमा कृष्ण थापालाई उठाउने निर्णय गरेको छ ।

यसअघि दीपक पौडेललाई टिकट दिएकोमा चौतर्फी विरोध भएपछि पौडेलबाट टिकट खोसेर थापालाई दिइएको हो ।

पौडेलका पुरानो भिडियोहरू शेयर गर्दै आलोचना र विरोध भएपछि एमालेले पौडेललाई हटाएर थापालाई टिकट दिएको हो ।

त्यस्तै, उपमेयरमा भने पुनः मन्जु गुरुङ नै उम्मेदवार बनेकी छिन् । थापा र गुरुङ दुवैजना केन्द्रीय सदस्य हुन् ।

थापा २०५४ सालमा पनि पोखराको मेयर भएका थिए भने २०७० मा भने कास्की २ बाट चुनावमा पराजित भएका थिए ।