
चितवन, १२ वैशाख । चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल हुने भएको छ ।
आइतबार दुई दलबीच भएको छलफलमा चुनावी तालमेलको सहमति भएको हो ।
जसअनुसार अब भरतपुरको मेयरमा एमाले उम्मेदवार विजय सुवेदीलाई राप्रपाले सहयोग गर्ने र उपमेयरमा राप्रपाका उम्मेदवारलाई एमालेले सहयोग गर्ने सहमति भएको एमाले चितवन जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य देवी ज्ञवालीले जनाएका छन् ।
सहमति अनुसार राप्रपाले महानगरको वडा नं. १५ र २६ को वडाध्यक्ष पाउने छ । वडा नं. ४, ११, १६, १९ र २४ मा दुबै दलका वडाध्यक्ष उम्मेदवार रहनेछन् ।















प्रतिक्रिया