
काठमाडौँ, ११ वैशाख । निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि आइतबार र सोमबार मनोनयन दर्ताको समय तोकेकोमा आज काठमाडौँ महानगरको मेयरमा १६ जना र उपमेयरमा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै, वडाको वडाध्यक्षमा २३ जना र वडा सदस्यमा ८ जनाको उम्मेदवारी परेको छ ।
अब सोमबार विहान ११ बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवार दर्ताको समय रहेको छ ।
काठमाडौँको मेयरका लागि पहिलो नम्बरमा राष्ट्रिय यथार्थवादी पार्टी नेपालका आनन्द राज जोशीले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै, काठमाडौँ वडा नं. १४ का रविकान्त मानन्धरले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका छन् ।
काठमाडौँ १६ निवासी राजन कार्कीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।
त्यस्तै, काठमाडौँ वडा नं. ३२ निवासी ¥यापर बालेन शाह (बालेन) पनि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।
विवेकशील साझा पार्टीबाट समीक्षा बाँस्कोटाले पनि काठमाडौँको मेयरमा उम्मेदवारी दर्ता गराएकी छन् ।
त्यस्तै, आधुनिक नेपाल समाजवादी पार्टीका तर्फबाट काठमाडौँ २४ का सुरेशरत्न बज्राचार्यले उम्मेदवारी दर्ता गरेका छन् ।
नेपाल समावेशी पार्टीका तर्फबाट काठमाडौं २४ का ७) रामबहादुर खड्काले काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दर्ता गरेका छन् ।
मंगोल नेशनल अर्गनाइजेशन पार्टीको तर्फबाट काठमाडौँ ९ का सीता तामाङले उम्मेदवारी दर्ता गरेकी छन् ।
मौलिक जरोकिलो पार्टीको तर्फबाट काठमाडौँ ९ का मनोजराज आचार्यले उम्मेदवारी दर्ता गरेका छन् ।
त्यस्तै, ज्ञानु लामा तामाङले स्वतन्त्र उम्मेदवारी दिएकी छन् ।
उपत्यका सडक बिस्तार पीडित संघर्ष समितिका संयोजक सुमन सायमीले पनि काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिएका छन् ।
काठमाडौं–१५ की निवासी अमोट महर्जनले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।
यसैगरी, काठमाडौँको उपमेयरमा विपिनराज वैद्य, सूर्य थापाश्रेष्ठ (महिला), डिल्लीराम राजभण्डारी र जेठा महर्जनले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी, आधुनिक नेपाल समाजवादी पार्टीका तर्फबाट गुणबहादुर बञ्जाराले काठमाडौं महानगरको उपमेयरमा उम्मेदवारी दिएका छन् ।
विवेकशील साझा पार्टीको तर्फबाट कीर्ति तुलाधरको उपमेयरमा उम्मेदवारी परेको छ ।
उपत्यकाव्यापी सडक बिस्तार पीडित संघर्ष समितिका कोषाध्यक्ष विद्या श्रेष्ठ महर्जनले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।
काठमाडौं १६ निवासी अमरबहादुर खत्रीले पनि उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका भने विश्वविजय श्रेष्ठले पनि उपमेयरमा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका छन् ।















प्रतिक्रिया