
काठमाडौँ, ११ वैशाख । बुटवलको शिवनगर सामुदायिक जंगलमा श्रीमान श्रीमतीको शव फेला परेको छ ।
बुटवल उपमहानगरपालिका वडा नं. ११ का ६० वर्षीय काजीमान श्रेष्ठ र उनकी श्रीमती ५५ वर्षीया कमला श्रेष्ठ मृत भेटिएका प्रहरीले जनाएको छ ।
उनीहरु वैशाख ६ गते आफन्त भेट्न घरबाट निस्किएका थिए ।
शव नजिकै शिशाका बोत्तल, रक्सीलगायतका वस्तु भेटिएको प्रहरीको भनाइ छ ।
छोरोहरु वैदेशिक राजेगारीमा रहेका मृतक दम्पती छोरी र बुहारीहरुसँग बस्दै आएका थिए ।















प्रतिक्रिया