
काठमाडौँ, ११ वैशाख । कास्कीमा सत्तारुढ दलहरुबीच भागवण्डा नमिलेपछि चुनावी तालमेल टुटेको छ ।
आइतबार र सोमबार उम्मेदवार मनोनयनको समय रहेको भए पनि भागवण्डा मिल्ने कुनै छाटकाट देखिएको छैन ।
गठबन्धनले पोखरा महानगरपालिकाको मेयर नेकपा एकीकृत समाजवादीलाई दिए पनि कांग्रेसले घोर विरोध गरेको छ । त्यस्तै, जिल्लाका अन्य कुनै पनि स्थानीय तहमा गठबन्धनबीच ठोस सहमति हुन सकेको छैन ।
कास्कीमा पोखरा महानगरसहित ५ पालिका छन् ।















प्रतिक्रिया