
झापा, ११ वैशाख । नेपाल कांग्रस झापामा विद्रोह भएको छ ।
सत्तारुढ गठबन्धनको तालमेलको विरोध गर्दै करिब ५ दशकदेखि पार्टीमा सक्रिय रहेका नेता केन्द्रीय महाधिवेशन प्रतिनिधि एवम् झापा कांग्रेसका सचिव दयानन्द गोश्वामीसहित करिब दुई दर्जनले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
उनीहरुले आइतबार सामूहिक राजीनामा दिँदै साधरण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको उल्लेख गरेका छन् ।
विशेषगरी गठबन्धनको सहमतिअनुसार बाह्रदशी गाउँपालिका अध्यक्षमा हालका अध्यक्ष खड्ग राजवंशी र उपाध्यक्षमा माओवादीबाट लक्ष्मी तिवारीलाई उम्मेदवार बनाउने सहमति भएको थियो ।


















प्रतिक्रिया