७ कार्तिक २०८३, शनिबार

भक्तपुर र ६ महानगरमा अलग्गै मतपत्रको डिजाइनको एमालेद्वारा विरोध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ वैशाख । निर्वाचन आयोगले भक्तपुर जिल्लाका चार पालिका र ६ वटा महानगरपालिकामा अलग्गै डिजाइनको मतपत्र छापिने कुराको नेकपा एमालेले विरोध गरेको छ ।

आइतबार एमालेले निर्वाचन आयोगलाई ध्यानकर्षण पत्र नै बुझाउँदै विरोध जनाएको हो ।

‘भक्तपुरका चार पालिका र ६ वटा महानगरपालिकाको मतपत्र छपाउँदा उम्मेदवारी परेको उम्मेदवारबाहेक अन्य उम्मेदवारको निर्वाचन चिन्ह हटाई मतपत्र छपाई हुने भनी हिजो केही अनलाइन मिडियामा प्रकाशित समाचारप्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ’, एमालेले भनेको छ, ‘केही दिन अघि गठबन्धन दलका केही शीर्ष नेताहरुको अभिव्यक्ति यस समाचारसँग मिल्दोजुल्दो देखिन्छ । अनलाइनहरुले आयोगको सुत्रका अनुसार भनी प्रकाशित गरेको यो समाचार यदि सही हो भने अन्य पालिकाहरुको भन्दा भिन्न प्रकृतिको यस्तो मतपत्र सरासर गठबन्धनका दलहरूलाई मात्र फाइदा पुग्ने आशय प्रेरित छ ।’