७ कार्तिक २०८३, शनिबार

एमालेका मेयर उम्मेदवारः काठमाडौं महानगरमा प्रिय, धरान उपमहानगरमा अप्रिय निर्णय!

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख। नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकामा प्रिय निर्णय गरे पनि धरान उपमहानगरका हकमा अप्रिय निर्णय गरेको टिप्पणी भएको छ।

धरान उपमहानगरपालिकाका मेयरमा दावी गरिरहेको मनोजकुमार मेन्याङ्वोले अप्रिय निर्णय भएको टिप्पणी गरेका छन्। धरानलाई सबल र लालकिल्ला बनाउने काममा उनको भूमिका प्रभावकारी थियो। उनी धरानमा यसअघि पनि मेयर भइसकेका नेता हुन्।

२०५४ सालमा नेकपा एमालेको तर्फबाट मेयर भएका मेन्याङ्बो पुनः धरानको नेतृत्वमा चाहना राखेका थिए। ‘धरान उपमहानगरपालिकाको मेयर चयनमा हाम्रो पार्टी नेकपा एमालेले यति अप्रिय निर्णय गर्ला भन्ने धरानका नेता कार्यकर्ता तथा मतदाताहरूले कल्पना पनि गरेका थिएनन्’ मेन्याङ्बोले लेखेका छन्,‘तथापी बोकेर हिँड्न बाध्य छौं मजबुर कार्यकर्ता।’

एमालेले काठमाडौंमा केशव स्थापितलाई मेयरको उम्मेदवार बनाएर प्रिय निर्णय गरेको धेरैले टिप्पणी गरेका छन्।