७ कार्तिक २०८३, शनिबार

बिराटनगरमा कांग्रेसबाट अर्याल र कोइराला मेयरका अन्तिम दुई नाम, नेतृत्व दबाबमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख। उम्मेदवारी दर्ताका दिन सुरु हुँदासम्म बिराटनगर महानगरपालिकाको मेयरको नाममा नेपाली कांग्रेसको शीर्ष नेतृत्वमा सहमति हुन सकेको छैन।

मेयरको दौडका रहेका भीम पराजुली र डा. डिला संग्रौला उक्त दौडबाट पछि पारिए पनि डा. शेखर कोइराला पक्षले नागेश कोइरालाको नाममा दाबी गरेको छ भने संस्थापन पक्षबाट अमृत अर्यालको नाम अघि सारिएको छ।

कांग्रेस उच्च स्रोतका अनुसार यी दुई मध्य एक जनाको नाममा सहमति गरी महानगरको मेयरको उम्मेदवार तय गरिनेछ। बिराटनगर महानगरपालिकाका गठबन्धनका तर्फबाट मेयरको उम्मेदवारी सोमबार मात्र दर्ता गर्ने तयारी भएको छ।