
सल्यान, ११ वैशाख । सल्यानमा डोजर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
जिल्लाको बागचौर नगरपालिका वठा नम्बर ६ स्थित मैढोले ठुलापोखरा हुँदै जामुनेचौर जानेबाटो कटिङ गर्दै गरेको रा १ क ७१९ नम्बरको डोजर शनिबार राति दुर्घटना हुँदा चालक दाङ बबई गाउँपालिका हापुरे ४ घर भएका ३३ वर्षीय देवराज खत्री र सहचालक छत्रेश्वरी गाउँपालिका १ दमाचौरका अन्दाजी १८ वर्षीय चित्रबहादुर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
दुर्घटनामा परि घाइते भएका बागचौर नगरपालिका वडा नम्बर ६ बस्ने वर्ष ३० का धन बहादुर वलीको अवस्था भने सामान्य भएको जनाइएको छ। दुर्घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ।















प्रतिक्रिया