६ कार्तिक २०८३, शुक्रबार

बाजुरामा एमालेले टुङ्ग्यायो उम्मेदवार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, ११ वैशाख । पाँच दलीय गठबन्धनविरुद्ध एक्लै निर्वाचन लड्ने साहसका साथ नेकपा एमालेले बाजुरामा उम्मेदवारको टुंगो लगाएको छ ।

पाँच गाउँपालिका र चार नगरपालिका रहेको जिल्लाका सबै स्थानीय तहमा उम्मेदवार टुङ्गो लगाइएको एमाले बाजुराले जानकारी दिएको छ ।

पार्टीले गौमुल गाउँपालिका अध्यक्षमा हरिबहादुर रोकाया र उपाध्यक्षमा सीता थापा, जगन्नाथ गाउँपालिका अध्यक्षमा कालीबहादुर शाही र उपाध्यक्षमा मरुकला बिष्ट सर्वसम्मत छनोट भएका छन् ।

त्यस्तै जिल्लाको हिमाली गाउँपालिका अध्यक्षमा अजबहादुर मल्ल र उपाध्यक्षमा राजकला सार्की, स्वामिकार्तिक गाउँपालिकामा चतुरभुज शाही र सुलोचना भण्डारी बुढा र खप्तडछेडेदह गाउँपालिका अध्यक्षमा दिलबहादुर रावत र उपाध्यक्षमा मनदेवी ओलीलाई अगाडि सारेका छन् ।

त्यस्तै बडीमालिका नगरपालिका मेयरमा अमर खड्का र उपप्रमुखमा नन्दा थापालाई छनोट गरेको छ । बुढीनन्दा नगरपालिकाको मेयरमा जनककुमार बोहरा र उपप्रमुखमा मनु रोकाया बिसी, बुढिगंगा नगरपालिकाको मेयरमा रामबहादुर बानियाँ र उपप्रमुखमा माया कुँवर, त्रिवेणी नगरपालिकाको मेयरमा मोतिसिंह बुढा र उपप्रमुखमा पार्वतीदेवी बुढालाई छनोट गरेका छन् ।