६ कार्तिक २०८३, शुक्रबार

काँग्रेसले आज महा र उपमहानगरको उम्मेदवार टुङ्गो लगाउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता शुरु भए पनि नेपाली काँग्रेसले महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार चयन गर्न सकेको छैन ।

काँग्रेसले आजै उम्मेदवारको टुङ्गे लगाउने तयारी गरेको छ । यसका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको छ । पार्टी कार्यालय सानेपामा बिहान ११ बजे बस्ने कार्यसम्पादन समिति बैठकले मेयर र उपमेयरका उम्मेदवारको निर्णय लिने प्रवक्ता प्रकाशशरण महतले बताए ।

त्यसअघि बिहान ९ पार्टी कार्यालय सानेपामै शीर्ष नेताबीच अनौपचारिक छलफल हुने छ । उम्मेदवार टुङ्गो लगाउन काँग्रेसका शीर्ष नेताबीच शुक्रबार र शनिबार बालुवाटारमा छलफल भएको थियो ।

काँग्रेस सहमहामन्त्री बद्री पाण्डेकाअनुसार बालुवाटारमा ठोस सहमति जुट्न नसकेपछि आइतबार नै सबै विषय टुंग्याइने तयारी छ ।

काँग्रेसमा काठमाडौँको मेयरको उम्मेदवारका सिर्जना सिंहको नाममा सहमति भए पनि ललितपुर र विराटनगरको मेयरमा निर्णयमा पुग्न सकिएको छैन ।

सत्ता गठबन्धनभित्र चुनावी तालमेलको सिट बाँडफाँटमा काँग्रेसको भागमा तीन महानगरपालिका मेयर र उपमेयर परेको थियो ।