९ कार्तिक २०८३, सोमबार

डेनमार्कको राजदूतमा सिफारिस रामस्वार्थ रायविरुद्ध उजुरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० वैशाख । डेनमार्कका लागि नेपाली राजदूतमा सिफारिस रामस्वार्थ रायविरुद्ध उजुरी परेको छ ।

विगतमा ठगी कार्यमा संलग्न भएका व्यक्ति राजदूतजस्तो पदमा उपयुक्त छैन भन्दै उनीविरुद्ध प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिमा उजुरी परेको हो ।

रायविरुद्ध धनुषा साइन्स क्याम्पस जनकपुरकी सञ्चालक अध्यक्ष हिमालय शाहले शुक्रबार उजुरी गरेकी हुन् ।

क्याम्पसका सञ्चालकका अध्यक्षका बेला आफूलाई ठगेको, कागजात लुकाएको, आफैलाई थाहा नदिई अन्यत्र खाता खोलेर कारोबार गरेको, क्याम्पसमा बेइमानी र भ्रष्टाचार गरेकोलगायतका आरोप उजुरीमा उल्लेख छ ।