
काठमाडौँ, १० वैशाख । निर्वाचन आयोगले ६ वटा महानगरपालिकामा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भइसकेपछि मात्र मतपत्र छापिने जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार ६ वटा महानगर र भक्तपुरका चार नगरपालिकाको मतपत्र उम्मेदवारको अन्तिम सूची प्रकाशित भइसकेपछि मात्र छापिनेछ ।
आयोगले ति क्षेत्रका मतपत्रमा राजनीतिक दलले जुन जुन पदमा उम्मेदवारी दिएका छन् त्यही पदमा मात्रै चुनाव चिह्न रहने जनाएको छ ।















प्रतिक्रिया