
सिन्धुपाल्चोक, १० वैशाख । सिन्धुपाल्चोकको कांग्रेसबाट निर्वाचित जुगल गाउँपालिका अध्यक्षका उमेदवार जय बहादुर लामा र वडा नं. ५ का वडा अध्यक्ष सनत अधिकारी एमाले प्रवेश गरेका छन् ।
उनीहरु शनिबार एक कार्यक्रममाका बीच एमाले प्रवेश गरेका हुन् ।
उनीहरुलाई एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, पोलिटव्युरो सदस्य अरुण नेपाल केन्द्रीय सदस्य शरेस नेपाल, केन्द्रीय सदस्य दावा लामा वाग्मती प्रदेश कमिटी सदस्यीयहरु जेपी सिलवाल, अशोक चौलागाईं, होम नारायण श्रेष्ठ, निमफुन्जु शेर्पा, जिल्ला अध्यक्ष कमल नेपालको उपस्थितिमा दर्जनौं नेता कार्यकर्तालाई टिका लगाएर नेकपा एमालेमा स्वागत गरेका थिए ।
त्यस्तै, माओवादी सम्वद्ध वाइसिएलका नेता तथा पूर्व लडाकु बिसुन पाख्रिन र प्रशान्त लामासहित दुई दर्जन बढी युवाहरु एमाले प्रवेश गरेका छन् ।
उनीहरुलाई शनिबार काठमाडौँमा एमालेका पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री पार्वत गुरुङले स्वागत गरेका छन् । वाइसिएल नेता पाख्रिन गौरीशंकरका हुन् भने लामासहित अधिकांश युवा मेलुङका छन् ।
















प्रतिक्रिया