
काठमाडौँ, १० वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले दोलखाको तामाकोशी वडा नं. ३ मा वडा सदस्यमा २१ वर्षीय राजाराम बस्नेतलाई सिफारिस गरेको छ ।
बस्नेत सम्भवत नेपालकै कान्छो उम्मेदवार बनेका छन् ।
बाल अधिकारकर्मीका रुपमा रहेका बस्नेत विद्यालयको बाल क्लबदेखि नै विभिन्न सक्रियता देखाउँदै आएका छन् ।
उनी एमाले जस्तो गौरवशाली पार्टीबाट उम्मेदवार बन्न पाउनु ठूलो कुरा भएको बताउँदै चुनाव जित्नेमा विश्वस्त रहेका छन् ।
नेकपा एमालेले देशभर आफ्ना विभिन्न कमिटीहरुमा युवा पुस्तालाई विशेष प्राथामिकतामा राखेको छ ।















प्रतिक्रिया