९ कार्तिक २०८३, सोमबार

अछाममा नेकपा एसका जिल्ला सदस्य र कांग्रेसका प्रस्तावित वडा अध्यक्षसहित ७५ जना एमाले प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम, १० वैशाख । अछामको ढकारी गाउँपालिका वडा नम्बर ७ मा नेपाली कांग्रेसका प्रस्तावित वडा अध्यक्ष सहितका नेताहरु नेकपा एमालेमा प्रवेश भएका छन् ।

नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र सहितका ६३ जना नेकपा एमालेमा प्रवेश भएका नेकपा एमाले ढकारी गाउँ संगठन कमिटीका प्रचार संयोजक लाल बहादुर साउँदले जानकारी दिए ।

नेकपा एमाले ढकारी गाउँ संगठन कमिटी वाड नम्बर ७ का अध्यक्ष उजिर सिंह थापाको अध्यक्षतामा भएको कार्यक्रममा २०४९ सालदेखि नेपाली कांग्रेसमा आवद्ध रही पुर्व ईलाका संयोजक तथा हाल नेपाली कांग्रेसका प्रस्तावित वडा अध्यक्षका उम्मेदवार राम बहादुर थापा सहितको सिंगो टिम नेकपा एमालेमा प्रवेश भएका हुन् ।
जसमा नेपाली कांग्रेस गाउँकमिटी सहसचिव दिपकराज थापा, वडा कमिटी सचिव पहल कामी, टोल सभापति धर्मराज थापा, टोल कमिटी सचिव चिरञ्जिवी बुढा, टोलकमिटी सह सचिव नृप थापा, टोलकमिटीका अग्रज सदस्य हर्क बहादुर थापा लगायत ६३ जना नेपाली कांग्रेस परित्याग गरि नेकपा एमालेमा आबद्ध भएका प्रचार संयोजक साउँदले बताए ।

यसैगरी नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी सदस्य सहित ७ जना पनि नेकपा एमालेमा प्रवेश गरेका छन् । जसमा एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य डम्बर साउद, धन बहादुर बि.क. लगायत सात जना एमालेमा प्रवेश गरेका हुन् ।

यसैगरी नेकपा माओवादी केन्द्रबाट हितमान थापा लगायत ५ जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवम् ढकारी गाउँपालिका इन्चार्ज टोप बहादुर शाहीले स्वागत गर्दै देशका हित, राष्ट्रियताको रक्षा तथा जनताका प्रत्यक्ष सरोकारका विषय उठाउने पार्टी एमाले भएकोले सबैलाई एमालेमा एकताबद्ध हुन तथा एमालेका उम्मेदवारलाई बिजयी गराउन आग्रह गरे ।

कार्यक्रममा विशिष्ट अथिती नेकपा एमाले जिल्ला कमिटी सदस्य लक्षिराम भन्डारी, नेकपा एमाले जिल्ला कमिटी सदस्य जनक बहादुर साउद पुर्व जिल्ला कमिटी सदस्य एवम् नेकपा एमालेका गाउँपालिकाका उम्मेदवार धर्म बहादुर शाही, पुर्व नेकपा एमाले जिल्ला कमिटी सदस्य यकेन्द्र बहादुर शाही नेकपा एमाले ढकारी गाउँपालिका अध्यक्ष अम्मर सिह बुढा, नेकपा एमाले ढकारी गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद उपाध्याय, नेकपा एमाले ढकारी गाउँपालिका प्रवक्ता लाल बहादुर साउँद लगायतको सहभागीता रहेको थियो ।