७ कार्तिक २०८३, शनिबार

महाधिवेशनमा देउवालाई सघाउने प्रकाशमानलाई उपहार : पत्नी सिर्जनालाई काठमाडौंको मेयर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० वैशाखः नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा नेता प्रकाशमान सिंह पत्नी सिर्जना सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको छ।

शीर्ष नेतृत्वमा सहमति गराई प्रकाशमानले पत्नीलाई काठमाडौंको मेयरको उम्मेदवार बनाएका छन्। जबकि, कांग्रेसका अन्य आकांक्षी पनि थिए।

कांग्रेस महाधिवेशनमा दोस्रो राउन्डको चुनावमा प्रधानमन्त्री शेरबहादुर देउवालाई सभापति जिताउन सहयोग गरेको फिरौतिका रुपमा सिर्जना उम्मेदवार बनाउन लागिएको चर्चा छ।

सिर्जना लामो समय राजनीतिमा निस्क्रिय रहेकी थिइन्। एकाएक उनको नाम प्रस्ताव गर्दा महानगर समिति पनि चकित भएको थियो। महानगर समितिले भने सिर्जनाको नाम पहिलो चरणमा सिफारिस गरेको थिएन।

‘कांग्रेसले निलकाजी शाक्यलाई मेयरका रुपमा उठाउने तयारी गरेको थियो’, स्रोतले भन्यो,‘महानगरको मेयर त महानगरको नेतृत्व गर्ने नै हुनुपर्छ भन्ने कुरामा लगभग सहमति भएको थियो। अन्य दाबेदारको पनि नाम सिफारिस गरियो। तर, नेतृत्वको दबाबमा सिर्जनालाई अगाडि सारिएको हो।’

गठबन्धनमा प्रमुखको पद लिएको कांग्रेसले काठमाडौंबाहेक ललितपुर र बिराटनगरको मेयरका उम्मेदवारको नाम पनि शनिबारसम्म टुंगो लगाउने भएको छ।