७ कार्तिक २०८३, शनिबार

कांग्रेसको असन्तुष्टिबीच भरतपुर मेयरमा रेणु दाहालको जित सम्भव छ? यस्तो छ हिसाबकिताब

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० वैशाख। भरतपुर महानगरपालिकामा फेरि पनि माओवादी केन्द्रले रेणु दाहाललाई उम्मेदवार बनाउने निश्चित भइसकेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयबाट नै रेणुका पक्षमा निर्वाचन प्रचार गर्न थालिएपछि लगभग निश्चित नै भएको हो।

तर नेपाली कांग्रेसको तिव्र असन्तुष्टिबीच दाहालले कसरी जित निकाल्न सक्लिन्? सत्ता गठबन्धनका तर्फबाट उनलाई जिताउनका लागि कसरत भए पनि एमाले उनका लागि ठूलो चुनौति त थियो नै मुख्य सहयोगी नेपाली कांग्रेसको स्थानीय कमिटीमा देखिएको विग्रह झन् ठूलो अवरोध हुने देखिन्छ।

उनले जितको आधार भरतपुर महानगरपालिकामा भएको विकासलाई देखाउने गरेकी छन्। दाहालको कार्यकालमा सडकलगायतका काम भए पनि राजनीतिक समीकरणका हिसाबले भने उनलाई कठोर परिक्षा दिने ठाउँमा उभ्याउने हिसाबकिताब देखिन्छ।

अघिल्लो चुनावमा कांग्रेससँग बिना असन्तुष्टि नै गठबन्धन गरी चुनाव लड्दा जम्मा २०३ मतले मात्र दाहाल बिजयी भएकी थिइन्। त्यो पनि पुनः निर्वाचन भएपछि आएको मतपरिणाम थियो।

माओवादी–कांग्रेस गठवन्धनका उम्मेदवार रेणु दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीलाई उक्त मतान्तरले हराएकी थिइन्। दाहालले ४३ हजार १२७ मत प्राप्त गरेकी थिइन् भने ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरेका थिए।

तर भरतपुर महानगरपालिकालाई एमालेले पनि यसपटक निक्कै महत्वका साथ रणनीति तय गरेको छ। एमाले महाधिवेशन चितवनमा गरी माहौल बनाउने मात्र नभई स्थानीय अनि लोकप्रिय नेता बिजय सुवेदीलाई मैदानमा उतारेको छ। प्रदेश सांसदबाट राजीनामा गरी उनी महानगर प्रमुखको पदका निम्ति चुनावी प्रचारमा लागिसकेका छन्।

नयाँ मतदातालाई माओवादीले तान्न सकेको छैन। नयाँ मतदाताको मत विवेकशील साझा तथा स्वतन्त्र र युवालाई जाने सम्भावना तिव्र छ। ‘पहिलाको मतान्तर पनि धेरै होइन, अहिले त कांग्रेस नै पुरै असन्तोषकाबीच चुनावमा जाँदैछ। यस्तो अवस्थामा रेणु दाहालले जित निकाल्न निक्कै मिहेनत गर्नुपर्छ’, स्थानीय भन्छन्।

हुन पनि दाहालले चुनावी मैदानलाई बलियो बनाउनका लागि यसबीचमा पार्टी अध्यक्ष प्रचण्डलाई निक्कै पटक कार्यक्रममा लगेकी छन्। प्रचण्डको पनि चुनावी क्षेत्र रहेका कारण उनको आगमनले केही प्रभाव पार्न सकिने दाहालको रणनीतिक सोच थियो। तर, गएको चुनावमा आएको परिणामको आधारले भने कठिन देखिन्छ।

नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको प्रभावशुन्य रहेको चितवनमा एमालेले राम्रैसँग जित निकाल्न सक्ने प्रक्षेपण पनि गरिँदै आएको छ।