सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

नेपालले एसियाली खेलकुदमा २३ खेलमा सहभागिता जनाउने

दैनिक नेपाल २०७९ वैशाख ९ गते १६:४४

काठमाडौँ, ९ वैशाख । नेपालले चीनको होङझोउमा हुने १९औं संस्करणको एसियाली खेलकुदमा २३ खेलमा सहभागिता जनाउने भएको छ ।

तीन वर्षपछि शुक्रबार बसेको राष्ट्रिय खेलकुद परिषद (राखेप) बोर्ड वैठकले एसियाडका लागि सहभागी खेल संख्या निर्धारण गरेको हो ।

एसियाली खेलकुद भदौ २५ देखि असोज ९ गतेसम्म सन्चालन हुँदैछ ।

चार वर्षअघि इण्डोनेसियामा सम्पन्न १८औं एसियाली खेलकुदमा २७ खेलका झण्डै २०० खेलाडीको सहभागिता थियो ।

प्रतिक्रिया
सम्बन्धित