
काठमाडौँ, ९ वैशाख । सहिद स्मारक ‘सी’ डिभिजन लिगअन्तर्गत आज सम्पन्न खेलमा महावीर क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा ऊ स्पोर्ट्स एकेडेमी साँगाविरुद्ध २–१ ले विजयी भएको हो ।
महावीरलाई जित दिलाउन सुरज थारू र रोमन तामाङले एकरएक गोल गर्दा साँगाका लागि सजन श्रेष्ठले एक गोल गरे । सुरुवाती अग्रता जोगाउन नसक्दा साँगा स्तब्ध बन्न पुग्यो । खेलको २८ औं मिनेटमा सजनले गोल गर्दै साँगालाई सुरुवाती अग्रता दिलाएका थिए ।
५५ औं मिनेटमा सुरजले पेनाल्टीमार्फत गोल गर्दै महावीरलाई १र१ को बराबरीमा ल्याए । ९० औं मिनेटमा रोमनले गोल गरेपछि उत्कृष्ट पुनरागमन गर्दै महावीरले २–१ को रोमाञ्चक जित हात पार्यो ।















प्रतिक्रिया