![]()
काठमाडौं, ९ वैशाख। संघीय मन्त्रालयमा उपसचिव पदमा कार्यरत विष्णुप्रसाद भुसालले पदबाट राजीनामा दिएका छन्। शुक्रबार राजीनामा गरेका उनी मेयरको उम्मेदवार बन्ने तयारीमा छन्।
पूर्वीनवलपरासीको देवचुली नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरको उम्मेदवार बन्नका लागि नेपाल सरकारको उपसचिव पदबाट भुसालले राजीनामा गरेका हुन्।
यसअघि सोही नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा उनले काम गरेका थिए। उनको काम देखेर सर्वसाधारण खुसी छन्।
देवचुली नगरपालिकाका उनी स्थायी बासिन्दा पनि हुन्। स्थानीय मतदाताको आग्रहअनुसार आफूले राजीनामा दिएर पार्टी राजनीतिमा आएको उनको भनाई छ।















प्रतिक्रिया