७ कार्तिक २०८३, शनिबार

काममा फर्किएका गभर्नर अधिकारी भन्छन्– सर्वोच्चको आदेश प्रणालीका पक्षमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ वैशाख। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बुधबारदेखि जिम्मेवारीमा फर्किएका छन्।

मंगलबार सर्वोच्च अदालतले उनको निलम्बन फुकुवा हुनेगरी अन्तरिम आदेश दिएपछि कार्यालय पुगेका अधिकारीले संवाददाताहरूसँग कुरा गर्दै भने,‘प्रणालीका पक्षमा आदेश आएको छ। सबैलाई धन्यवाद।’

आगामी दिनमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले संस्थागत रूपमा सल्लाह गरेर अगाडि बढ्ने गभर्नर अधिकारीले बताए। ‘गभर्नर, राष्ट्र बैंक, अर्थमन्त्रालय भनेको संस्था हो। विभिन्न घटना, परिघटनाले यस्ता अवस्था ल्याउँछन् तर हामीले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ’, उनले भने।