
इटहरी, ७ वैशाख। नेकपा एमाले प्रदेश १ कमिटीले इटहरी उपमहानगरपालिकाको आगामी प्रमुख र उपप्रमुख पदका लागि केन्द्रमा नाम सिफारिस गरेको छ।
जिल्ला कमिटी सुनसरीबाट सिफारिस भएका ६ नाम मध्ये हालका मेयर द्वारिकलाल चौधरीको नाम भने सिफारिसबाट हटाइएको छ।
मंगलबार विराटनगरमा बसेको प्रदेश कमिटीका पदाधिकारीसहित स्थायी समिति सदस्यको बैठकले सिफारिस गरेको छ।
इटहरीबाट नगर अध्यक्ष यामकुमार सुब्बा, हालकी उपमेयर लक्ष्मी गौतम, तैयव हुसेन र रामप्रसाद चौलागाँईको नाम मेयरका लागि सिफारिस भएको छ। त्यस्तै उपमेयरमा सङ्गीता चौधरी, अमला श्रेष्ठ, अम्बिका चौधरी, विष्णु शर्मा र रामचरण चौधरीको नाम सिफारिस भएको हो।
हालका मेयर चौधरी विभिन्न प्रकरणमा बिख्यात भएका थिए। उनी मेयर पदमा दोहोरिनका लागि केन्द्रमा पनि धाइरहेका थिए।















प्रतिक्रिया