
काठमाडौं, ७ वैशाख। नेपाली कांग्रेस पोखरा महानगर समितिले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेको छ।
सत्ता गठबन्धनको सहमतिका नाममा आगामी स्थानीय निर्वाचनमा पोखरा महानगरको प्रमुख नेकपा एकीकृत समाजवादीलाई दिएर पार्टीको शक्तिको दुरुपयोग गर्ने निर्णय गरेको भन्दै तालाबन्दी गरिएको हो।
पोखरा महानगर कुनै पनि हालतमा कांग्रेसले छाड्न नहुने दबाब दिइरहेका बेला प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धन जोगाउनका लागि पोखरा त्याग गर्नुपर्ने भन्दै मंगलबार गण्डकी सभापति शक्रराज शर्मा, कास्की सभापति किशोरदत्त बराल र नेता यज्ञबहादुर थापालाई बोलाएका थिए।
उक्त निर्णयले परिणाम उल्टो हुने जानकारी गराए पनि मध्यराती पोखरा नेकपा एकीकृत समाजवादीलाई दिने निर्णय भएको थियो। सोही निर्णयको विरुद्धमा महानगर समितिले पार्टी कार्यालयमा तालाबन्दी गरेर विद्रोह सुरु गरेको हो।















प्रतिक्रिया