११ कार्तिक २०८३, बुधबार

कैलालीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ वैशाख । कैलालीमा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। बिहीबार राति ११:१५ बजेतिर कैलालीको मोहन्याल गाउँपालिका–५ सिहासन सामुदायिक वन क्षेत्रमा म १ क ४०७ नम्मबरको खालि ट्रक आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा ट्रकका चालक कैलालीको गौरीगंगा नगरपालिका–४ का ४५ वर्षीय थम्मन प्रसाद सापकोटा छन्। आफैँ अनियन्त्रित भइ ट्रक सडकबाट अन्जादी १२० मिटर तल खसेको थियो।

चालक सापकोटाको ट्रकमुनि च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। दुर्घटनामा घाइते भएका ट्रकका सहचालक गौरीगंगा–४ कै २५ वर्षीय गोविन्द गुरुङलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ।