२९ आश्विन २०८३, बिहिबार

प्राडा लुइँटेलको संयोजकत्वमा अनेसासका आजीवन सदस्यता अद्यावधिक समिति गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका, ७ वैशाख । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले विश्वभर छरिएर रहेका आफ्ना आजीवन सदस्यहरूको सदस्यता अद्यावधिक गर्न प्राडा खगेन्द्रप्रसाद लुइटेलको संयोजकत्वमा राम खत्री र राम लामा अविनाशी सदस्य रहनुभएको सर्वाधिकार सम्पन्न विशेष समिति गठन गरेको छ ।

३२ वर्ष पुरानो यस संस्थामा हाल विश्वभरमा ६० वटाजति च्याप्टर र २३०० जति सदस्य रहेका छन् । लामो समयावधिमा सदस्य सङ्ख्या वृद्धि र बसोबास स्थानान्तरणले सदस्य सङ्ख्या र स्थान फेरबदल भइरहँदा सही तथ्याङ्क प्राप्त गर्न कठिन भएकाले यसलाई अद्यावधिक गर्न लागिएको हो ।

लुइटेलको संयोजकत्वमा गठित यस समितिलाई आवश्यक परेको कुनै पनि सूचना तथा विवरणहरू सहज रूपमा उपलब्ध गराइदिनुहुन विश्वभरिका च्याप्टरहरू तथा आजीवन सदस्यज्यूहरूलाई अनुरोध गरिएको कुरा अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाले जानकारी दिए ।