११ कार्तिक २०८३, बुधबार

मेघगर्जन र चट्याङसहित वर्षा गराउने बादल पूर्वतिर सर्दै, सजग रहन अपील

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ वैशाख । मौसम पूर्वानुमान महाशाखाले वर्षा गराउने बादल पूर्व र दक्षिणतिर सरिरहेको भन्दै सजग रहन आग्रह गरेको छ ।

महाशाखाले काठमाडौँ उपत्यकासहित पहाडी भेगमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको र त्यो बादल विकसित भई पूर्व– दक्षिणतिर सर्दै गरेको जनाएको छ ।

पछिल्लो तीन घण्टामा देशको गण्डकीदेखि प्रदेश नम्बर १ को पहाडी भू–भागका केही स्थानहरुमा वर्षा भैरहेको महाशाखाले रेकर्ड गरेको छ ।