
काठमाडौँ, ६ वैशाख । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केन्द्रीय बैंकले न्याय पाएको प्रतिक्रिया दिएका छन् ।
मंगलबार सर्वोच्च अदालतले गभर्नर अधिकारीलाई कुनै पनि कारवाही नगर्नु भन्ने अन्तरिम आदेश दिएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
त्यस्तै, अधिकारीले अदालतको आदेशको प्रति पाएलगत्तै आफू काममा फर्किने बताए ।
विभिन्न आरोप लगाउँदै सरकारले निलम्बन गर्ने निर्णय गरेकोविरुद्ध भएको सुनुवाइमा सर्वोच्चले गभर्नर अधिकारीको पक्षमा अन्तरिम फैसला दिएको छ ।
सरकारले अधिरकारीको निलम्बन गरेपछि चौतर्फी विरोध भएको थियो ।
विशेषगरी विदेशबाट आएको ४० करोड रकम गैरकानुनी भएको भन्दै रोक्का गर्न प्रक्रिया अघि बढाएपछि रुष्ट बनेका अर्थमन्त्री जनार्दन शर्माको अगुवाइमा सरकारले अधिकारीको निलम्बन गरेको थियो ।















प्रतिक्रिया