
काठमाडौँ, ६ वैशाख । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले स्थानीय तह निर्वाचनमा सत्तारुढ सबै दलबीच गठबन्धन आवश्यक नरहेको बताएका छन् ।
मंगलबार गोरखा पुगेका उनले पत्रकारसँग कुराकानी गर्दै चुनावी अभियानका लागि गठबन्धन पर्खेर नबस्न आग्रह गरे ।
‘स्थानीय तह निर्वाचन विकास निर्माणका एजेण्डा र मुद्धासँग जोडिएका हुन्छन्,’ उनले भने, ‘त्यसैले यो निर्वाचनमा गठबन्धन गर्नैपर्छ भन्ने छैन ।’















प्रतिक्रिया