११ कार्तिक २०८३, बुधबार

न्यू योर्क निवासी संचारकर्मी पन्थीको “जिरो माइल” लोकार्पण

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ वैशाख । न्यू योर्क निवासी संचारकर्मी किशोर पन्थीद्वारा लिखित अमेरिकी सपना देख्नेहरूको लागि “जिरो माइल” लोकार्पण भएको छ । “जिरो माइल” अमेरिकी आप्रवासी (ईमिग्रेसन) कानूनी प्रावधानहरूबारे नेपाली भाषामा टिप्सको रूपमा प्रस्तुत गरिएको कृति हो ।

लेखक पन्थीको यस अघि नेपालमा गएको महाभूकम्प सम्बन्धि कृति “कम्पन” प्रकाशित भैसकेको छ भने उनी खसोखासका प्रधाम सम्पादक पनि हुन् ।

हालै मानार्थ पिएचडीबाट समेत सम्मानित लेखक डा. पन्थी आप्रवासी रिपोर्टिंगका लागि खुव रूचाईएका नेपाली संचारकर्मी हुन् ।

कृति लोकार्पणसँगै आशिष खनाल फाउण्डेसन स्थापना

काठमाडौँमा लोकार्पण गरिएको “जिरो माइल” सँगै अल्पायुमै निधन भएका २६ वर्षीय उनका भान्जा आशिष खनालको नाममा फाउण्डेसन स्थापनाको घोषणा गरिएको छ ।

जिरो माईलको काठमाडौँमा टाईपसेटिंग र प्रकाशन तयारी हुँदा संचारकर्मी किशोर पन्थी न्यू योर्कमा थिए । पन्थीको अनुपस्थितिमा यिनै भान्जा आशिष खनालले आफ्ना मामाको हर कामको चाँजोपाँजो मिलाउने गरेका थिए ।

पन्थीका दाहिने हातका रुपमा रहेका उनका भान्जा खनालको गत मार्च २ मा असामयिक निधन भयो । भान्जा आकस्मिक आईसियूमा राखिएपछि लेखक पन्थी मार्च १ मा जिरो आवरको तयारीमा नेपाल फर्किएका थिए ।

जिरो माईलको प्रकाशन र लोकार्पणको तयारीमा लागेका आफ्नो प्रिय भान्जा आशिषको अवसानको यो बज्रपातपछि पन्थीले कृति लोकार्पण एक महिनापछि सारेर जिरो माईलको तेस्रो पृष्ठमा भान्जा आशिषको तस्विर प्रकाशित गरी कृति समर्पित गरे ।

र, अकल्पित दुखान्तपछि जिरो माइलसँगै भान्जा खनालको नाममा फाउण्डेसनको स्थापना गरेर सकल परिवारजनमा कहिल्यै नपुरिने दुखेको घाउमा मल्हमपट्टी लगाउने प्रयास गरेका छन् ।

वास्तवमा, आफ्ना भान्जाकै कल्कलाउँदो उमेरमा मातृभूमि छोड्न विवस लाखौं नेपाली युवाहरूको सपनाको देश र कर्मथलो बनेको अमेरिकाको अध्यागमन कानून सम्बन्धि किशोर पन्थीको यो कृति तिनै युवाहरूप्रतिको सच्चा समर्पण हो भन्दा अतिशयोक्ति हुनेछैन ।

जिरो माइलः आप्रवासी यात्राको शुरूवात र गन्तव्यको कडी

जिरो माइलमा संचारकर्मी पन्थीले खसोखासमा रिपोर्टिंग गरेका दर्जनौं चर्चित रिपोर्टाजहरूको समावेश गरेका छन् । यो कृतिमा नेपालबाट अमेरिका आउनु अघि र अमेरिका आईसकेपछि जान्नै पर्ने टिप्सहरू समेटिएका छन् ।

पृष्ठ २८२ रहेको जिरो माइलमा १११ वटा अमेरिकी आप्रवासी कानूनी प्रावधानहरूबारे जानकारी दिईएको छ । अमेरिकी कानूनबारे यति धेरै विषयवस्तु समेटेर निकालिएको यो पहिलो संग्रहणीय कृति हो ।