
काठमाडौँ, ६ वैशाख । हेटौँडा उपमहानगरपालिकामा गठबन्धनको विरोध गर्दै कांग्रेस कार्यकर्ताहरुले पार्टी कार्यालयमा ताला लगाएका छन् ।
कांग्रेसको एउटा पक्षले गठबन्धन गर्न नहुने भन्दै हेटौंडा उपमहानगरपालिका समितिको बैठक चलिरहेका बेला तालाबन्दी गरेका हुन् ।
बैठकमा उपमहानगरपालिका समितिका सभापतिसहित १९ वटै वडाका प्रतिनिधिहरु थिए ।
उनीहरुले गठबन्धन गर्दा पार्टीले पाउने महत्वपूर्ण पद गुमाउनुपर्ने भन्दै त्यसको विरोध गरेका हुन् ।















प्रतिक्रिया