१२ कार्तिक २०८३, बिहिबार

महोत्तरीमा एकै दिनमा भत्कियो पिच

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ वैशाख । महोत्तरीमा पिच गरेको २४ घण्टामै सडकको पिच उप्किएको छ ।

२६ घण्टा पनि नबित्दै पिच उप्किएपछि बर्दिबासस्थ्ति खयरमाराका स्थानीय आन्दोलित भएका छन् ।

टेन्डर प्रक्रियाबाट युनिभर्सल कन्स्ट्रक्सनले ठेक्का पाएको लक्ष्मीनारायण माध्यामिक विध्यालयदेखि पोखरीसम्मको पिच उप्कन थालेको हो । बढी नाफा लिन ठेकेदारले गुणस्तरहीन सामग्री राखेर पिच गरेको स्थानीयको भनाइ छ ।

उच्च माध्यामिक विध्यालयदेखि पोखरीसम्म झन्डै ११ सय मिटर पिच सडक टेन्डरमार्फत युनिभर्सल कन्स्ट्रक्सनले करिब एक करोडमा ठेक्का हात पारेको थियो ।