
काठमाडौं, ६ वैशाख । आज सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख २ हजार १०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार ६०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २ हजार रुपैयाँ निर्धारण भएको थियो । यता, मंगलबार चाँदीको भाउ भने स्थिर रहेको छ । मंगबलबार चाँदीको भाउ प्रतितोला १४२० रुपैयाँ कायम रहेको छ ।















प्रतिक्रिया