७ कार्तिक २०८३, शनिबार

शीर्ष नेतृत्वसहित सत्ता गठबन्धनको बैठकमा पेस भयो भागवन्डाको खाका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ वैशाख। स्थानीय चुनावमा ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा कसले नेतृत्व लिने भन्ने मोडालिटीको प्रस्ताव शीर्ष नेतृत्वसहित बालुवाटारमा जारी बैठकमा पेस भएको छ।

बिहानदेखि जारी बैठकमा नेपाली कांग्रेसलाई तीन महानगरपालिका काठमाडौं, बिराटनगर र ललितपुरको नेतृत्व प्रस्ताव गरिएको छ। यस्तै नेकपा माओवादी केन्द्रलाई भरतपुर, नेकपा एकीकृत समाजवादीलाई पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकामा नेतृत्व लिने प्रस्तावमा उल्लेख छ।

बहुचर्चित भरतपुर महानगरपालिकामा उपमेयरसहित सबै वडाध्यक्ष नेपाली कांग्रेसलाई दिनुपर्ने प्रस्तावमा उल्लेख छ। काठमाडौंको उपमेयर नेकपा एकीकृत समाजवादी, विराटनगरको उपमेयर जनता समाजवादी पार्टी र ललितपुरको उपमेयर माओवादीले पाउने प्रस्ताव छ।

११ उपमहानगरपालिका मध्ये धरानमा कांग्रेस, इटहरीमा सनेकपा एकीकृत समाजवादी, जनकपुरमा कांग्रेस, जितपुर सिमरामा माओवादी, कलैयामा जसपा, हेटौंडामा नेकपा एकीकृत समाजवादी, बुटवल, घोराही, नेपालगञ्ज, धनगडीमा कांग्रेसको नेतृत्व प्रस्ताव गरिएको छ।

बैठकमा सहभागी नेताका अनुसार यो प्रस्तावमा गठबन्धन बैठकले केही हेरफेर गर्नेगरी सहमति गर्नेछ।