११ कार्तिक २०८३, बुधबार

ट्यांकरले ठक्कर दिँदा दुई शिक्षक घाईते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

सिन्धुली, ४ वैशाख । आइतबार कमलामाई नगरपालिका ११ स्थित फालचुरीमा पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरले मोटरसाइकललाई ठक्कर दिदा दुईजना शिक्षक घाइते भएका छन् ।

बिहान ७ बजे प्रदेश–२ ०२–००१ ख ०४८९ नम्बरको ट्यांकरले सिन्धुलीबाट वर्दिवासतर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिदा कमलामाई नगरपालिका ६ का शान्ति दाहाल र मदन काफ्ले गम्भिर घाइते भएका हुन ।

ट्यांकरले प्रदेश–२ ०२–००२ प ४१४७ नम्बरको मोरसाइकललाई पछाडीबाट ठक्कर दिँदा दाहालको करङ तथा खुट्टा भाँचिएको सिन्धुली अस्पतालले जनाएको छ भने काफ्लेको टाउकोमा गम्भिर चोट लागेको छ । घाइते दुवैजना शिक्षक हुन ।