
रौतहट, ४ वैशाख । दुर्गाभगवती गाउँपालिका-१ शिव मन्दिर टोल बस्ने ३० वर्षीया रम्घरिया देवीको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने नरेश राउतकी छोरीको विबाहकोमटकोर पूजामा स्थानीयबासीहरू जम्मा भई सामुहिक गीत गाउने क्रममा माइकबाट अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको शिवदर्शन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घाइते भएका अन्य ७ जनाको स्थानीय मेडिकल बागमतीमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया